Comments Add Comment

दम रोगी बालबालिकाका निम्ति कस्तो खाना उपयुक्त ?

वायु प्रदुषणका कारण शहरी क्षेत्रमा दमका रोगीहरुको संख्या बढ्दो क्रममा छ । यसले सबैभन्दा बढी प्रभाव ति बालबालिका तथा बृद्धबद्धामा परेको देखिन्छ, जसको पाचन शक्ति कमजोर छ ।

बढ्दो प्रदुषणकै कारण मानिसहरुमा दमको समस्या बढी भएकैले यस पटक विश्व आस्थमा दिवसको मुल नारा पनि ‘आस्थमा: स्वच्छ वायु, राम्रो सास’ रहेको छ ।

आस्थमा अर्थात ‘दम’ ले विशेषगरी बालबालिका तथा वृद्धवृद्धालाई बढी प्रभावित पार्दछ । फोक्सोको नलीको संक्रमणका कारण देखा पर्ने यो रोग एक पटक लागेपछि छुट्न गार्‍हो हुने भएकोले यसमा विशेष सावधानी पुर्‍याउन आवश्यक छ । अझ दमको समस्या हुनेहरुले खानपानमा विशेष ध्यान पुर्‍याउन आवश्यक छ ।

दमका विरामीलाई के खाने ?

यदी तपाईको बच्चालाई दमको समस्या छ भने हल्का खाना दिनुहोस् । खाना दिदा कम क्यारोलीयुक्त खाना दिनुहोस् । अन्यथा बढी क्यालोरी भएको खानाले बच्चालाई सास लिनमा कठिनाई उत्पन्न हुन्छ ।

केही घरेलु उपाय अपनाएर पनि दमका विरामीको स्वास्थ्यमा निकै सुधार ल्याउन सकिन्छ । त्यसको लागि उनीहरुलाई मह पानी, ल्वाङ्ग पानी तथा महका साथमा मुनका दाख दिन सकिन्छ ।

समय समयमा तातो पानीको सेवन गर्न दिनुहोस् । बालबालिकाको खानामा हरिया साजपात लगायत गाजर, काँक्रो लगायतका खानालाई समावेश गर्नुहोस् । बेसार स्वास्थ्यको लागि लाभदायक छ । त्यसैले बालबालिकाालई सुत्नु अघि दूधमा बेसार मिसाएर सेवा गराउनु होस् । यसले पनि उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ ।

दमका रोगीले के नखाने ?

दम भएका बालबालिकालाई अमिलो, पिरो तथा चिसो खानेकुरा दिनु हुँदैन । चामलको प्रयोग सकेसम्म कम गर्नुपर्छ । त्यस्तै, केरा, काउली, भण्टा, पिडालुबाट टाढै राख्ने उपर्युक्त हुन्छ । किनकी यसले दमका विरामी बालबालिकामा एलर्जी गराउने सम्भावना बढी रहन्छ । जसले गर्दा उनीहरुमा दमको अटैक बढ्न सक्छ । (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment