१९ बैशाख, काठमाडौं । उपत्यकाभित्रका दुईवटा महानगरपालिका काठमाडौं र ललितपुरमा नेकपा एमाले र राप्रपावीच चुनावी तालमेल भएको छ ।
दुर्इ पार्टीबीच उम्मेदवारी दर्ताको दिन आकस्मिक रुपमा चुनावी तालमेलको समझदारी भएको हो । काठमाडौं महानगरको उम्मेदवार छनोटका लागि एमाले नेताहरु छलफलमा जुटिरहेका बेला राप्रपा अध्यक्ष कमल थापा चुनावी तालमेलको प्रस्ताव लिएर पुगेका थिए ।
बैठकमा दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिने सहमति भएको छ । यो सहमति अनुसार एमालेले काठमाडौंमा विद्यासुन्दर शाक्यलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा उम्मेदवारी नै दिएन ।
राप्रपाले शाहीकालका मेयर राजाराम श्रेष्ठलाई उपमेयरको उम्मेदवार बनाएको छ । उनी मेयर लड्ने तयारीमा थिए ।
एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ । उमपेयरको उम्मेदवारी दर्ता गरिएको भएपनि तत्काल नै फिर्ता लिएको छ । राप्रपाले उपमेयरमा बाबुकाजी थापालाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया 4