+
+
Shares

प्रहरीका जवानले पटकपटक खुट्टामा बुटले हिर्काए : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते २१:५०

१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल प्रहरीका जवानले आफूलाई पटकपटक खुट्टा र घुँडामा बुटले हिर्काएको बताएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट रिहा भएपछि राप्रपा कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘…मैले अघि बढ्न खोज्दा, परिस्थितिलाई संयमित बनाएर लैजाने प्रयास गर्दा एकजना प्रहरी जवानले पटकपटक मेरो खुट्टामा, घुँडामा बुटले हिर्काए,’ थापाले भनेका छन्, ‘त्यसपछि मैले अघि बढ्न खोज्दा र सम्बन्धित प्रहरीलाई उसले मलाई खुट्टामा हान्यो भनेर कराउँदा अचानक मेरो कठालोमा समातेर लडाइयो ।’

साथै, उनले केही समय घिसार्दै र पछि हात र खुट्टा समाएर प्रहरीको भ्यानमा लगेर जिल्ला प्रहरी परिसरमा ६–७ घन्टा राखिएको बताए ।

सरकारले जति दमन गर्दै जान्छ त्यति नै आफूहरूको आन्दोलनको उचाइ बढ्ने उनले बताए ।

‘हाम्रो आन्दोलन रोकिने पनि होइन । सरकारले जति दमन गर्दै जान्छ, स्वाभाविक रुपमा आन्दोलनको उचाइ बढ्दै जान्छ,’ उनले भने, ‘अझ बढी प्रतिबद्धताका साथ हामी आफ्नो लक्ष्य प्राप्तिका लागि अघि बढ्छौं ।’

यस्तो छ थापाको प्रतिक्रिया–
नारायणचौरमा भेला भएर बालुवाटारतर्फ जाने क्रममा धेरै ठूलो संख्यामा प्रहरी तैनाथ गरेर हामीलाई त्यहाँ रोक्ने काम भयो । त्यसपछि हामीले अगाडि बढ्न खोज्दा अकस्मात लाठ्ठिचार्ज गरियो । स्वयं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि लाठ्ठिको प्रहार पर्‍यो । केही साथि घाइते भए । त्यहाँबीचमा मैले अघि बढ्न खोज्दा, परिस्थितिलाई संयमित बनाएर लैजाने प्रयास गर्दा एकजना प्रहरी जवानले पटकपटक मेरो खुट्टामा, घुँडामा बुटले हिर्काए । त्यसपछि मैले अघि बढ्न खोज्दा र सम्बन्धित प्रहरीलाई उसले मलाई खुट्टामा हान्यो भनेर कराउँदा अचानक मेरो कठालोमा समातेर लडाइयो । केही समय घिसार्दै र पछि हात र खुट्टा समाएर प्रहरीको भ्यानमा लगेर जिल्ला प्रहरी परिसरमा राखियो ।

वास्तवमा गत जेठ १५ गतेदेखि आन्दोलन सुरु भएदेखि नै हामीले घोषित रुपमा नै शान्तिपूर्ण रुपमा आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थियौं । त्यही अनुसार अघि बढेका थियौं । हिजो दरबारमार्गमा निषेधित क्षेत्र घोषित गरेपछि हामीले त्यो निषेधित क्षेत्र तोड्न चाहेनौं । निषेधित क्षेत्र नभएको बालुवाटारमा कार्यक्रम राख्यौं । हिजो जुन ठाउँमा कार्यक्रम गरेका थियौं, आज पनि त्यहीँ कार्यक्रम गर्न खोजेको हो । निषेधित क्षेत्र पनि थिएन । सरकारले जुन किसिमको आज हाम्रो आन्दोलनमाथि दमन गर्‍यो, बर्बरतापूर्वक र अमानवीय ढंगबाट म आफैंलाई जुन किसिमबाट अभद्र व्यवहार गर्ने, लछारपछार गर्ने र कयौं कार्यकर्ता साथिहरूमाथि भएको आक्रमणको भत्र्सना गर्दछु ।

हाम्रो आन्दोलन रोकिने पनि होइन । सरकारले जति दमन गर्दै जान्छ, स्वाभाविक रुपमा आन्दोलनको उचाइ बढ्दै जान्छ । अझ बढी प्रतिबद्धताका साथ हामी आफ्नो लक्ष्य प्राप्तिका लागि अघि बढ्छौं । मलाई परिसरमा भेट्नका लागि आउनुभएका माननीय सांसद दीपक सिंहलाई मसँग भेटिसकेपछि बाहिर जाँदा नियन्त्रणमा लिएर राखियो ।

एक जना कुनै पार्टीसँग आबद्ध नभएको महिला बैनीलाई पनि पक्राउ गरेर राखिएको थियो । झण्डै ६ ७ घन्टा राखेपछि बिना शर्त रिहा गरिएको छ । यस अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई विशेष रुपमा धन्यवाद दिन चाहन्छु । राप्रपा र राप्रपा नेपालका सबै कार्यकर्ता साथिहरूमा आभार व्यक्त गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?