Comments Add Comment

अमेरिकी डीभीको नतिजा सार्वजनिक, तपाईंलाई पर्‍यो कि परेन ? यसरी हेर्नुस्

२० वैशाख, काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) को नतिजा सार्वजनिक भएको छ । सन् २०१८ को इडीभी नतिजा सार्वजनिक गरिएको हो । डीभी चिठ्ठाको नतिजा डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिनेछ ।
डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने अमेरिकी दूताबासले जनाएको छ । सोमबार देखि शुक्रबारसम्म बिहान ८बजेदेखि बेलुका ८बजेसम्म सो केन्द्रमा फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिनेछ । निवेदकहरुले [email protected] मा ईमेल गरेर पनि जानकारी लिन सक्नेछन् । 

तर, डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाइने भन्दै दूतावासले सचेत गराएको छ । उसले भनेको छ, दूतावासले तपाईंहरुको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनु हुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध पठाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment