Comments Add Comment

रञ्जु दर्शनाको गालीको शैली ! (भिडियोसहित)

२० बैशाख, काठमाडौं । राजधानीको मेयरकी दाबेदार रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले आफूले जितेमा काठमाडौं शहरलाई सभ्य बनाउने घोषणा गरेकी छिन् । तर, मेयरमा उम्मेदवारी दर्ता गर्नुभन्दा अघिल्लो दिन डोजरमाथि उभिएर रञ्जुले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ ।

कुनै पनि मानिसको आलोचना गर्दा उसको नाम थर वा अनुहारलाई लिएर निन्दा गर्नु असभ्यता मानिन्छ । तर, मेयरकी उम्मेदवार रञ्जुले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डको आलोचना गर्दा तुच्छ शब्दहरुको प्रयोग गरिन् । एकपटक हैन, पटक-पटक । झुक्किएर होइन, दोहोर्‍याएर ।

निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीको पक्ष लिँदै रञ्जुले भनिन्- ‘सुशीला कार्कीज्यूले भ्रष्टाचारीहरुको फायल स्याइँ-स्याइँ पल्टाइरहनुभयो, हाम्रा शेरबहादुरज्यु र प्रचण्डज्युको मन थरथरी काँप्यो ।’

यतिसम्म भन्नु ठीकै थियो । तर, रञ्जुले थपिन्- ‘उहाँहरुको फाइल पल्टिन लागेको भएर उहाँहरु डराउनुभएको हो । शेरबहादुर ज्यु आज स्यालबहादुर, मुसाबहादुर हुनुभएको छ । पुष्पकमल ज्यु आज फुस्स कमल हुनुभएको छ ।’

हेर्नुहोस् भिडियो (स्रोत: विवेकशील नेपाली)

देउवा र प्रचण्ड दुबैको नामको अनुप्रासमा ‘स्याल’ र ‘फुस्स’ जोडेकी यी किशोरीले दुबै नेताहरूलाई सम्झाइन्- ‘पटक-पटक सडककै संघर्षबाट लोकतन्त्र, गणतन्त्र प्रजातन्त्र हामीले लिएर आएका छौं ।’

रञ्जुले देउवा र प्रचण्डले अब होसियार हुनुपर्ने दिन आइसकेको चेतावनी दिइन् । उनले भनिन्- ‘लोकतन्त्रलाई संस्थागत गरौं भन्नुहुन्छ वहाँहरु, हा हा । वहाँहरुले लोकतन्त्रलाई संस्थागत हैन, लुटतन्त्रलाई संस्थागत गर्दैहुनुहुन्छ । वहाँहरु होसियार हुनुपर्ने दिन आइसक्यो ।’

भाषणमा रञ्जुले शेरबहादुर देउवा र प्रचण्डलाई कानूनसमेत सिकाइन् । उनले भनिन्- ‘कानूनभन्दा माथि कोही पनि छैन, स्यालबहादुर ज्यु र फुस्स कमल ज्युले अब बुझ्नुपर्ने बेला आयो ।’

यो पनि पढ्नुहोस्

उम्मेदवारले आचारसंहिता पालना नगरे कारबाही गर्ने प्रमुख आयुक्तको चेतावनी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment