२८ जेठ, काठमाडौं । रास्वपाका सांसद रञ्जु दर्शनाले नयाँ सांसदहरुलाई तालिमका लागि बजेट मागेकी छन् ।
‘हामी जनताबाट अनुमोदन भएर आएका, तर पहिलोपटक संसदीय व्यवस्थामा रहेकाले अनुभव अलिक पुगेको छैन,’ संसद् बैठकमा उनले भनिन्, ‘तसर्थ हामीलाई ट्रेनिङका लागि पनि बजेट छुट्याइयोस् भन्ने जोडदार अपिल गर्न चाहन्छु ।’
राजश्व तथा व्यय अनुमानमाथिको छलफलमा भाग लिदै उनले बजेटप्रति भने प्रशन्नता प्रकट गरिन् । बजेटले समेटेको क्षेत्र, आर्थिक बृद्धिदर लगायतमा सन्तुष्टि जनाएकी रञ्जु दर्शनाले सुत्केरी विदा बढाउन माग गरिन् ।
‘गर्भवती सुत्केरी महिलाका लागि ध्यान दिनुपर्छ । सुत्केरी विदा बढाउनेदेखि हरेक कार्यस्थलमा दिवा शिशु केन्द्र स्थापना गर्न पनि बजेटले प्राथमिकरण दिओस् भन्ने माग छ,’ उनले भनिन् ।
प्रतिक्रिया 4