News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शमा १० दिने शिशु बोकेर काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा मतदान गर्न पुगेकी छन्।
- उनी चुनाव प्रचारमा रहँदा १० दिनअघि निजामती अस्पताल बानेश्वरमा छोरालाई जन्म दिएकी थिइन्।
२१ फागुन, काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शमा १० दिने शिशु (छोरा) बोकेरै मतदान गर्न पुगेकी छन् ।
चुनाव प्रचारप्रसारमा रहेकी उनी १० दिअघि निजामती अस्पताल बानेश्वरमा भर्ना भएकी थिइन् । उनले छोरालाई अस्पतालमै जन्म दिएकी हुन् ।
आज उनी १० दिने शिशु काखमा लिएरै मतदानका लागि पुगेकी हुन् ।
उनी चुनाव प्रचारकै क्रममा अस्पतालमा भर्ना भएकी थिइन् । केही दिन घरदैलो गर्दा भने उनी आफैँ श्रीमान्को सहारामा पुगेकी थिइन् । उनी अस्पताल भर्ना भएपछि भने पार्टीका नेता कार्यकर्ताले उनका लागि भोट माग्दै घरदैलो गरेका थिए ।
काठमाडौं १ मा रञ्जुसँगै नेपाली कांग्रेसका प्रबल थापा, राप्रपाका रवीन्द्र मिश्र, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारी, नेकपा एमालेका मोहनराज रेग्मीसहित उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
प्रतिक्रिया 4