+
+
Shares

समीक्षा र रञ्जु रास्वपाबाट समानुपातिक उम्मेदवारका आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते ११:२२

४ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको पूर्व अध्यक्ष समीक्षा बाँस्कोटा र महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारतर्फ आवेदन दिएका छन् ।

रास्वपासँग विवेकशील साझा वीचमा १४ मंसिरमा एकता भएको थियो । विवेकशील साझाबाट आएका नेताहरुलाई केन्द्रीय समितिमा हालसम्म समेटिएको छैन । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फ बाँस्कोटा र दर्शना इच्छुक देखिएका छन् ।

दुवै जनाले खस आर्य क्लष्टर अन्तर्गत बागमतीबाट समानुपातिकका लागि नाम दर्ता गराएका छन् ।

रास्वपाले इच्छुक व्यक्तिलाई अनलाइन मार्फत आवेदन दिन आह्वान गरेको थियो । समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुकहरुको प्रारम्भिक नामावली गएराति सार्वजनिक गरिएको छ । समानुपातिक तर्फको अन्तिम नामावली १४ पुसमा सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?