फाइल तस्वीर
२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-१ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले बधाई दिएका छन् ।
१५ हजार ४५५ मतसहित विजयी भएकी दर्शनालाई मिश्रले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा मिश्रले लेखेका छन्, ‘तपाईंलाई बधाई तथा शुभकामना दिन चाहान्छु । भ्रष्टाचार नियन्त्रण, सुशासन र रुपान्तरणप्रति तपाईंको इमान र दृढता कायम रहोस् ।’
दर्शनालाई मिश्रले १०/११ वर्ष पहिला जुन फोटो सेयर गर्दै प्रशंसा र आशा व्यक्त गरेका थिए । अहिले त्यही फोटो सेयर गर्दै मिश्रले बधाई दिएका छन् ।
दर्शना विजयी हुँदा ६ हजार ३६४ मतसहित कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो र ३ हजार ९७२ मतसहित मिश्र तेस्रो भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4