Comments Add Comment

आधा दर्जन पूर्वसांसद मेयरमा भिड्दै (सूचीसहित)

शाहीकालका मेयर, काठमाडौंको उपमेयरमा


२० बैशाख, काठमाडौं । स्थानीय तहको महत्व कति छ भन्ने कुरा पूर्वसांसदहरु नै नगरपालिकाको मेयरमा उम्मेदवार बन्न अग्रसर हुनुले पनि पुष्टि गरेको छ । पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन सकिँदा तीनजना पूर्वसभासदहरु मेयरको उम्मेदवार बनेका छन् ।

नेपाल मजदूर किसान पार्टीको अभेद्य किल्लाका रुपमा परिचित भक्तपुर नगरपालिकाको मेयरमा पूर्वसांसद सुनिल प्रजापति मेयरको उम्मेदवार बनेका छन् । पार्टीका केन्द्रीय सचिव समेत रहेका प्रजापति ०६४ सालको संविधानसभा निर्वाचनमा भक्तपुर २ बाट सभासद निर्वाचित भएका थिए ।
नेकपा एमालेका पूर्वसभासद लालमणि चौधरीले चितवनको खैरहनी नगरपालिकामा मेयरको उम्मेदवारी दिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट सभासद जितेका चौधरीलाई यसपटक एमालेले मेयरको उम्मेवार बनाएको हो ।दोस्रो संविधानसभा निर्वाचनमा भने उनी सोही क्षेत्रमा पराजित भएका थिए । पार्टीको आदेश पालना गर्न आफू प्रमुखको उम्मेदवार बनेको प्रतिक्रिया प्रजापतिले दिएका छन् ।

त्यस्तै माओवादी केन्द्रका दुईजना पूर्वसभासद पनि मेयरका उम्मेदवार बनेका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरमा पूर्वसभासद कुमारी मोक्तानले उम्मेदवारी मनोयन गरेकी छन् । ०६४ को संविधानसभा निर्वाचनमा उनी मकवानपुर क्षेत्र नम्बर ४ बाट सभासद निर्वाचित भएकी थिइन् ।

म्ााओवादीकै अर्का पूर्वसभासद तारानारायण श्रेष्ठ रामेछापको मन्थली नगरपालिकाबाट मेयरको उम्मेवार बनेका छन् । पहिलो संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट सभासद निर्वाचित भएका श्रेष्ठलाई यसपटक मेयरमा खडा गरिएको हो ।

मन्थलीको मेयरमा यसअघि जिल्ला विकास समितिको सभापति भइसकेका रमेश बस्नेत पनि एमालेबाट उम्मेदवार बनेका छन् ।

त्यस्तै माओवादीका पूर्वसभासद ज्ञानेन्द्र कुमाल पनि गोरखा नगरपालिकामा मेयरको उम्मेदवार बनेका छन् । कुमाल नयाँ शक्ति पार्टीबाट मेयरको उम्मेदवार बनेका हुन् ।

मेयर भइसकेका व्यक्ति उपमेयरमा भिड्दै

यसपटकको निर्वाचनमा अझ रोचक कुरा त के छ भने काठमाडौं महानगरपालिकाको मेयर भइसकेका राजाराम श्रेष्ठ एमालेसितको तालमेलका आधारमा उपमेयरको उम्मेदवार बनेका छन् ।

राप्रपा नेता श्रेष्ठले स्थानीय चुनावमा मेयरमा निर्वाचित भएर करीव दुई महिना काम गरेका थिए । शाही कालमा भएको सो स्थानीय निकायको निर्वाचनलाई दलहरुले मान्यता दिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment