Comments Add Comment

पवन मैनालीले गरे बिहे


कलाकार पवन मैनालीले बिहे गरेका छन् । उनले वैशाख ११ गते दोलखाकी ३० बषिर्या लक्ष्मी शिवाकोटीसँग बिहे गरेको खबर ढिलो गरि प्राप्त भएको छ ।
पवित्र समाज सेवा नेपालमा उनी केही समय अगाडि मात्र पुगेका थिए । तर, बिबाहपछि भने कलाकार मैनाली कपन घरमा बस्दै आएका छन् ।

पवित्र समाज सेवाकी अध्यक्ष दिक्षा चापागाँइका अनुसार, केटी हेर्न भनेर गएका पवनले बिहे गरेका थिए । कलाकार मैनालीको घरमा आमाबुबा, भाई बुहारी छन् ।
चलचित्र ‘दिदी बहिनी’ छायांकनको क्रममा केही बर्ष अगाडि दुर्घटनामा परेपछि कलाकार मैनाली चलचित्र क्षेत्रबाट टाढा छन् ।

उनी चलचित्र ‘पिजडा’मा काम गरेपछि चर्चामा आएका थिए । मैनालीलाई दाम्पत्य जीवनको शुभकामना ।

तस्बिरः प्रकाश सुवेदीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment