+
+
Shares

सडक ‘कब्जा’ गरेर महाअभियोगको विरोध !

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते १५:१४

२१ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोगको विरोधमा गैरसरकारी संस्था महासंघको अगुवाईमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

काठमाडौंको बानेश्वरमा गरिएको प्रदर्शनमा प्रो-पब्लिकका केदार खड्का लगायत सहभागी थिए । नयाँबानेश्वर जस्तो व्यस्त सडकको बीचमै बसेर  उनीहरूले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित भएको थियो ।

प्रदर्शनमा सहभागीहरुले न्यायपालिकामाथिको राजनीतिक हस्तक्षेप बन्द गर, न्यायीक स्वतन्त्रता कायम गर, दण्डहिनता अन्त्य गर लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

न्यायीक स्वतन्त्रता र स्थानीय तह चुनावको सुनिश्चितताका लागि प्रदर्शन गरिएको गैरसरकारी संस्था महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?