Comments Add Comment

अब प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोडको खानेपानी योजना

२२ वैशाख, काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ । खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने गृहकार्य भइरहेको जानकारी दिए ।

मुलुकभर अहिले ७४४ स्थानीय तह निर्धारण गरिएका छन् । प्रत्येक तहमा पाँच करोडका दरले विनियोजन हुँदा ३७ अर्ब २० करोड रुपैयाँ आवश्यक पर्छ । प्रत्येक वर्ष सरकारले साना–ठूला गरी मुलुकभर १५ हजार खानेपानी आयोजना स्वीकृत गर्दै आएको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment