+
+
Shares

कृषि टहरा निर्माण भएपछि किसानलाई सहज

रासस रासस
२०७४ वैशाख २२ गते ७:३१

२२ वैशाख, इनरुवा । सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका–८ का किसानलाई आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्री गर्न समस्या थियो । कारण हो, अव्यवस्थित बजार । आफ्नो बारीमा उत्पादित कृषि उपज बजारमा बिक्री गर्न समस्या झेल्दै आएका सो क्षेत्रका किसानलाई अहिले सहज भएको छ ।

सुनसरीको डुम्राहामा आधुनिक कृषि टहरा निर्माण भएपछि सो क्षेत्रका किसानलाई बजारीकरणको समस्या टरेको छ । जिल्ला कृषि विकास कार्यालय सुनसरीले किसानद्वारा उत्पादित कृषि उपज उत्पादन बिक्रीका लागि कृषि टहरा निर्माण गरिदियो । कार्यालयको करिब रु १० लाखको लागतमा कृषि टहरा निर्माण गरिएपछि किसानलाई राहत भएको कृषि टहरा निर्माण समितिका सचिव काशिनाथ सिंहको भनाइ छ ।

किसानको सहजताका लागि निर्माण गरिएको कृषि टहराले किसानलाई धेरै सहज भएको कृषि कार्यालय सुनसरीका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत राजकान्त झाको भनाइ छ ।

नेपालका बहुसङ्ख्यक जनसङ्ख्या कृषिमा निर्भर छन् । तर उनीहरुलाई आफ्ना खेतबारीमा उत्पादित कृषि उपज बजारसम्म पु¥याउन र बिक्री गर्न बजारकै समस्या छ । त्यसैले अन्य स्थानका बजारमा पनि यस्ता प्रकारका भौतिक संरचना निर्माण गर्न सके किसानलाई राहत हुने विश्वास गर्न सकिन्छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?