Comments Add Comment

नारायणगढ-मुग्लिङ सडक १० दिन चौबिसै घण्टा खुल्ने

२२ बैशाख, चितवन । दैनिक ६ घण्टा बन्द हुँदै आएको नारायणगढ-मुग्लिङ सडकखण्ड बैशाख २५ गतेदेखि १० दिनसम्म चौबिसै घण्टा खुल्ला हुने भएको छ ।

बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म राजमा­र्ग खुल्ला गर्न लागिएको हो ।

नारायणगढ-मुग्लिङ सडकखण्ड बिस्तार भइरहेकाले हाल बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा बन्द हुँदै आएको छ ।

नारायणगढ-मुग्लिङ सडक आयोजनाले सार्बजनिक सूचना जारी बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म चौबिसै घण्टा खुल्ला हुने सडक जानकारी दिएको हो ।

जेठ ४ गतेपछि भने पुनः बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment