+
+

आठ दिन अघिदेखि बेपत्ता शिक्षक मृत फेला

रासस रासस
२०७४ वैशाख २३ गते ९:२५

३ वैशाख, उदयपुर । आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राई मोतीगडास्थित चाँपको जङ्गल क्षेत्रमा फेला परेका हुन् । स्थानीयवासी गोठालाले साँझपख गाईवस्तु जङ्गलबाट घर फर्काउने क्रममा राईलाई मृतावस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

दाहसंस्कार गर्न प्रहरीले मृतकका आफन्तलाई जिम्मा लगाएको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताए । शवका छेउमा एउटा विषादी वस्तुको सिसी भेटिएको जनाइएको छ ।

शिक्षक राईले १५ दिन अघिदेखि नै घरमा अनौठो व्यवहार देखाउन थालेका थिए । छोराको विवाह सम्पन्न भएको भोलिपल्टदेखि नै राई घरबाट बेपत्ता भएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?