Comments Add Comment

किन पटक-पटक फिल्मबाट निकालिन्छन् सैफकी छोरी सारा

बलिउड स्टार सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान अहिले बलिउड डेब्यु गर्ने कुराले लाइमलाइटमा छिन् ।

पहिलो खबर आएको थियो कि, साराले हृतिक रोशनसँग डेब्यु गर्दैछिन् । तर, यो कुरा झुटो सावित भयो । त्यसपछि अर्को खबर छायो, करण जौहरले स्टुडेन्ट अफ द इयर-२ मा लिनेछिन् । फिल्ममा उनले टाइगर श्राफसँग स्क्रिन शेयर गर्दैछिन् ।

ताजा खबर आएको छ, आमिर खानले आफ्नो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’का लागि सारालाई कन्सिडर गरेका थिए, यसका लागि सारा यशराज ब्यानरमा स्क्रीन टेस्टका लागि गइन् पनि । तर, टेस्टमा उनी फेल भइन् ।

खासमा आदित्य चोपडाले सारालाई आफ्नो फिल्ममा लिनका लागि अस्विकार गरे । आदित्यका अनुसार सारा अहिलेपनि फिल्मका लागि पूर्ण रुपले तयार छैनन् । यहि कारण उनलाई रिजेक्ट गरिएको हो ।

अमृता सिंह चाहन्थिन् कि, उनकी छोरी सारा आमिरसँग काम गरोस् ताकि उनी लाइम लाइटमा आउनेछिन् । उनी आफ्नी छोरीलाई करण जौहरसँग काम गराउन खासै इच्छुक थिइनन् । किनभने करणसँग काम गर्दा सारा अन्य स्टारकी बच्चा जस्तै गुमनाम हुनेछन् ।

केहि अगाडि आएको एक खबर अनुसार साराले आफ्नो पहिलो फिल्ममा तीन वटा विकिनी दृश्य दिनेछिन् । तर, यस कुरालाई अमृताले खण्डन गरेकी छिन् । उनका अनुसार सैफसँग सम्बन्ध विच्छेद गरेपछि उनी पटौदी परिवारका हिस्सा होइनन् । आफ्नी छोरी अभिनयको कारण चर्चित होस्, शरीरका लागि होइन भन्ने अमृताको चाहाना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment