२४ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेकी छिन् ।
आइतबार साँझ ५ बजेका लागि भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानन्यायाधीशको भेटको कारण खुलेको छैन ।
सामान्यतयाः संवैधानिक अंगका प्रमुखहरुले आफ्नो विदा राष्ट्राध्यक्षबाट स्वीकृत गराउने प्रचलन छ । न्यायाधीश कार्की पनि विदा स्वीकृत गराउनका लागि शीतलनिवास गएको अनुमान गरिएको छ ।
कतिपयले प्रधानन्यायाधीश कार्कीले राजनीनामा दिन सक्ने अनुमान गरे पनि उनीनिकट स्रोतले अहिले राजीनामा नदिने बतायो ।
यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानन्यायाधीश कार्की शीतलनिवास गएको हुने सक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4