Comments Add Comment

निर्वाचन सुरक्षाः बुथमा हतियारसहित २८ प्रहरी


२५ वैशाख, काठमाडौं । आगामी आइतबार हुने पहिलोृ चरणको स्थानीय तह निर्वाचनको पत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् । मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

पहिलो चरणको निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका दुई सय ३ स्थानीय तहका लागि निर्वाचन आयोगले १ हजार बुथ तय गरेको छ । यी प्रत्येक बुथमा म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले सुरक्षा दिनेछन् ।

भित्री, मध्य र बाहिरी घेरा बनाएर तीन तहमा सुरक्षाकर्मी परिचालन हुनेछन् । नागरिक दैनिकका अनुसार, निर्वाचनमा २३ हजार नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट १८ हजार, सेना ४५ हजार र म्यादी प्रहरी १८ हजार परिचालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment