Comments Add Comment

ताप्लेजुङमा ल्याण्डओभरको ठक्करबाट एक बालक घाइते

२५ वैशाख, ताप्लेजङ । ताप्लेजुङमा ल्याण्डरोभरको ठक्करबाट एक बालक घाईते भएका छन् ।

फुङलिङ नगरपलिका १० मा को १ ज ५७८ नम्बरको ल्याण्डरोभरले स्थानीय कुमार लिम्बुका ६ वर्षीय छोरा बिनोद लिम्बुलाई ठक्कर दिएको हो ।

सदरमुकामदेखि छिरिवा तर्फ जाँदै गरेको ल्याण्डओभरले लिम्बुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घाईते विनोदलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएको छ । उनको अबस्था सामान्य रहेको उपचरमा संलग्न चिकित्सकले बताएका छन् ।

ठक्कर दिने चालक फरार रहेकाले खोजिकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसिले बताए । ठक्कर दिने गाडि प्रहरीको नियन्त्रणमा रहेको छ ।

रविन भट्टराईबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment