Comments Add Comment

‘प्रेमगीत २’ गीतः स्वस्तिमालाई मोटरसाइकलमा घुमाउने प्रदिपको चाहना

‘प्रेमगीत’ले गीतका कारण एउटा ब्रान्ड बनायो । यसैले, चलचित्र ‘प्रेमगीत २’बाट पनि दर्शकमा अपेक्षा हुने स्वभाविक नै हो । निर्माता सन्तोष सेनले आशुषेन फिल्मस्को ब्यानरमा निर्माण गरेको चलचित्र ‘प्रेमगीत २’का हरेक गीतसंगीत दर्शकका लागि प्रतिक्षारत हुन्छन् ।

शिर्ष गीत सार्वजनिक भएपछि चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक गरिएको छ । ‘मोटरसाइकलमा’ बोलको गीतमा चलचित्रका मुख्य नायक प्रदिप खड्कासँग नायिका स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् । चलचित्रकी मुख्य नायिका भने अश्लेषा ठकुरी हुन् ।

गीतमा एलिस कार्कीको संगीत छ, जसमा उनले स्कटिस संगीतको स्वादसँग नेपालीपन मिश्रण गरेका छन् । क्लब सङको रुपमा तयार पारिएको यो गीतको भिडियोमा स्वस्तिमाले केमियो गरेको निर्माणपक्षले बताएको छ ।

राजेशकुमार श्रेष्ठ र बबिनको शब्द, प्रताप दास र इन्दिरा जोशीको स्वर रहेको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । रामशरण पाठकले यो चलचित्रलाई निर्देशन गरेका हुन् । साउन १३ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment