+
+
Shares

गुल्मीमा एक्साभेटरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते ११:४६

२६ गुल्मी, बैशाख । गुल्मीमा अज्ञात समूहले जेसिबी कम्पनीको एक्साभेटरमा आगजनी गरेको छ ।

निर्माणाधिन छल्दी पनाहा इन्द्रेगौडा सडकमा काम गरिरहेको जेसिबी २ सय ५ एक्साभेटरमा गएराती इस्मागाउँपालिका-२ रातचौर भन्ने स्थानमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक -डिएसपी) महेन्द्र नेपालले जानकारी दिए ।

राती करिब १ बजेको समयमा रोकिराखेको एक्साभेटरमा आगजनी हुँदा इन्जिन जलेर नष्ट भएको प्रहरी जनाएको छ ।

निर्माणाधिन सडकमा कालिका कन्ट्रक्सन काठमाडौंले सडक निर्माणको जिम्मा लिएको थियो । आगजनी गर्ने अज्ञात ब्यक्तिको खोजी भइरहेको प्रहरी नायव डिएसपी नेपालले जानकारी दिए ।

आगजनीबाट एक्साभेटर काम नलाग्ने भएको कालिका कन्ट्रक्सन काठमाडौंका इन्जिनियर नबिन सापकोटाले जानकारी दिए ।

सडक चौडा पार्ने तथा नाली र ग्राभेल गर्नका निम्ती झण्डै ६ महिना अघिदेखि निर्माण गर्दै थियो ।

–अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?