Comments Add Comment

आयुक्तले दलहरुलाई भने-झडपको सट्टा मतदाता शिक्षा दिनुस्

‘हेलिकप्टर नभए चुनाव गराउन सकिदैन’

२८ वैशाख, गोरखा । निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले गोरखामा क्रियाशील राजनीतिक दलहरुलाई नाराजुलुस र झडपको सट्टा गाउँगाउँमा मतदाता शिक्षा दिन आग्रह गरेका छन् ।

मतदानको क्रममा हुने मत बदरलाई न्यूनिकरण गर्नका लागि गाउँगाउँमा मतदान गर्ने तरिकाबारे जानकारी गराउन दलहरुलाई पौडेलले सुझाव दिएका हुन् ।

निर्वाचन गतिविधि सम्बन्धी जानकारी दिनका लागि जिल्ला निर्वाचन कार्यालय गोरखाले बिहीवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले यस्तो आग्रह गरेका हुन् ।

जिल्लामा आचारसंहित उल्लघंन भएका घटना बारे बोल्दै पौडेलले दलहरु संयमित हुनुपर्ने बताए ।

‘आचारसंहिता आयोगको डकुमेन्ट होइन,’ उनले भने, ‘दलहरु आफै सहमत भएर बनाएको सामग्री हो ।’

आचारसंहिता उल्लघंन नगर्ने प्रतिवद्धता जनाएका दलहरुले नै आचारसंहिता उल्लघंन गर्नु उचित नभएको उनले बताए ।

‘हेलिकप्टर नभए चुनाव गराउन सकिदैन’

कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यालय गोरखाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जिल्लाको बिकट क्षेत्रमा मतपेटिका संकलनका लागि हेलिकप्टर नभए चुनाव सफल गराउन नसक्ने बताए ।

‘चुमनुव्री र धार्चे गाउँपालिका अति दुर्गम ठाउँ हुन्, त्यस क्षेत्रमा मतपेटिका संकलनका लागी हेलिकप्टर नभए समस्या हुन्छ,’ उनले भने ।

मतदान पछि मतपेटिका संकलन गरेर मतगणना स्थलसम्म ल्याउनका लागी हेलिकप्टरको व्यवस्था गर्न निर्वाचन आयोगलाइ उनले आग्रह समेत गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्ऽ बस्नेतले जिल्लाको शान्ति सुरक्षाको व्यवस्था बारे जानकारी गराएका थिए । जिल्लाको २१३ मतदान स्थल र दुई सय ६० मतदान केन्ऽमा आवश्यक सुरक्षाकर्मी खटाइसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment