+
+

भरतपुरमा केपी ओलीको गर्जन- लम्पसार पर्दा सत्ताधारीको घुँडाभरि घाउ ! (भिडियोसहित)

कांग्रेस कार्यकर्तालाई झोक्राएर नबस्न आग्रह

सुवास पण्डित सुवास पण्डित
२०७४ वैशाख २८ गते १५:३०

२८ बैशाख, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीका अघिल्तिर लम्पसार पर्दा-पर्दा सत्ताधारी दलका नेताहरुको घुँडाभरि घाउ नै घाउ भएको टिप्पणी गरेका छन् ।

भरतपुर महानगरपालिकामा एमाले चितवनले गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने- ‘राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाटा परेका छन् ।’

माओवादी-कांग्रेस गठवन्धनतर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाए ।

ओलीले भने- ‘चितवनकै बाँदरमुढे घटनाका घाइते अझै पनि यहीँ छन्, हजुरआमा भेट्न आउँदा टाँडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन्, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाडमा अझै सुम्लाका डाम छन् ।’

एमाले अध्यक्ष ओलीले कांग्रेस कार्यकर्तालाई अब झोक्राएर नबस्नसमेत आग्रह गरे ।

माओवादीले युद्धका नाममा युवाहरुको भविश्य र समय बर्बाद बनाएको बताउँदै ओलीले भने- ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउँदैछन्, त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।’

एमालेको चुनावी सभामा एमाले महासचिव ईश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरकी उम्मेदवार दिव्या शर्मा, जिल्ला सचिव पार्वती रावल लगायतले बोलेका थिए ।

एमाले अध्यक्ष ओली भरतपुरबाट आजै पूर्वी चितवनको रत्ननगर, खैरहनी, र राप्तीमा हुने जनसभामा सहभागी हुने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी ओली सत्तापक्षका नेताहरुविरुद्ध कडा रुपमा प्रस्तुत भइरहँदा आजै महानगरमा शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले संयुक्त चुनावी सभालाई सम्वोधन गरेका थिए ।

यो पनि पढ्नुहोस् 

छोरीलाई भोट माग्दै प्रचण्डले भने- झिनो मतले जित्ने छुट छैन

देउवाको घोषणाः माओवादी-कांग्रेस गठबन्धन दीर्घकालसम्म

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?