+
+

एएनएको निर्वाचन जून महिनाभित्रै हुने

विजय थापा विजय थापा
२०७४ वैशाख २८ गते १६:४५

११ मे, वाशिंगटन डीसी । अमेरिकामा सन् १९८३ मा स्थापित दि एसोसिएसन अफ नेप्लिज इन दि अमेरिका (एएनए) को निर्वाचन आगामी जून महिना भित्र हुने भएको छ ।

एएनए अन्तरिम कार्यकारी समितिले बिज्ञप्ति जारी गर्दै निर्वाचनको लागि निर्वाचन समिति समेत गठन गरेको छ ।

सन् २०१५ को विधान अनुसार निर्वाचन गर्नुपर्ने भएकोले जुन मसान्तसम्म गर्ने जनाएको छ ।

एएनए निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्तमा महेन्द्र कार्की (बिद्या वारिधि), एएनएका पूर्व अध्यक्ष कृष्ण निरोला सह निर्वाचन आयुक्तमा तथा एएनएका पूर्व क्षेत्रीय उपाध्यक्ष विजयराज भट्टराई रहेको जानकारी विज्ञप्तिमार्फत दिइएको छ ।

२०१७ को एएनए सम्मेलन बाल्टिमोरमा हुने भएको छ भने आयोजक अहोरात्र काम गरिरहेको एएनएका वर्तमान अन्तरिम अध्यक्ष मेदिनी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?