+
+
Shares

हिमालयन ट्राभल मार्ट काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २८ गते १६:०८

२८ वैशाख, काठमाडौं । हिमालयन ट्राभल मार्ट आगामी जुन १ देखि ४सम्म काठमाडौंको सोल्टी होटलमा हुने भएको छ ।
नेपाललाई हिमालय क्षेत्रको प्रबेश मार्गको रुपमा स्थापित गर्नुका साथै सम्पूर्ण हिमालय क्षेत्रको पर्यटकीय सम्भाबनाहरुलाई पस्कँदै अग्रणी पर्यटन बजारका रुपमा स्थापित गर्ने उदेश्यका साथ कार्यक्रम गर्न लागिएको हो ।

बिश्व पर्यटन बजारका नयाँ तथा पूराना शसक्त टुर अपरेटरहरुलाई क्रेताको रुपमा आमन्त्रण गरी हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलायन्स लगायत अन्य पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरुसँग व्यवसायिक भेटघाटको साथै बीटुबीमिटिङको अबसर प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको होस्ट नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ भने मुख्य आयोजक नेपाल पर्यटन बोर्ड, आयोजना साझेदार नेपाल वायुसेवा निगम तथा पाटा रहनुको साथै कार्यकारी आयोजकको भुमिका पाटा नेपाल च्याप्टरले निर्बाह गरेको छ ।

हिमालयन ट्राभल मार्ट २०१७ मा ६० भन्दा बढी बिदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता रहने छ । जुन ३ र ४ मा हुने बीटुबी मार्टलाई रौनक प्रदान गर्न ट्राभल ब्राण्डिङ्ग, बजार अन्वेषण, अनुसन्धान गन्तव्य जस्ता बिषयहरु समाबेश गरी नेपाल लगायत बिश्व भरका बिज्ञहरुको संलग्नतामा हिमालय ट्राभल कन्फरेन्सको आयोजना हुने भएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?