Comments Add Comment

कपिलवस्तुबाट विप्लवका चार कार्यकर्ता पक्राउ

२९ वैशाख, चन्द्रौटा । कपिलवस्तुमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एरिया कमाण्डरसहित चार कार्यकर्ता पक्राउ परेका छन् ।

स्थानीय तहको चुनावलाई लक्षित गरी विभिन्न आपराधिक गातिविधि बढाएको भन्दै पक्राउ गरिएको हो ।

नेकपा माओवादीका कपिलवस्तु क्षेत्र ५ का एरिया कमाण्डर खुमन सिंह परियार, जिल्ला सदस्य राजेन्द्रप्रसाद शाह, वडा कमिटी सदस्य नन्दलाल पुरी र पश्चिम कमाण्ड इन्चार्ज मालबहादुर बुढालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई गएराति घरमा सुतिहरहेको अवस्थामा पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment