Comments Add Comment

सप्तरी नापी कार्यालयमा बम विस्फोट, गोइतले लिए जिम्मा

फाइल तस्वीर

२९ वैशाख, सप्तरी । नापी शाखा कार्यालय सप्तरीमा आज अपराह्न प्रेसर कुकर बम विस्फोट भएको छ। विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारीसाधनमा क्षति पुगेको छ।

अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको छ।  मोर्चाका संयोजक जयकृष्ण गोइतले विज्ञप्ति निकालेर ‘भ्रष्टाचार भएको कार्यालयमा कारबाही गर्न बम विस्फोट गराएको’  जनाएका छन् ।

बिहीबार सिरहाको लहानस्थित यातायात कार्यालयमा बम विस्फोट भएको थियो । सो घटनाको पनि गाइतले नै जिम्मेवारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment