+
+
Shares

भोट हाल्न जाँदा सेल्फी खिच्न नपाइने ! मतदान स्थलमा मोबाइल निषेध

विनोद घिमिरे विनोद घिमिरे
२०७४ वैशाख २९ गते १९:४३

२९ बैशाख, काठमाडौ । स्थानीय चुनावमा भोट हाल्न जाँदा मोबाइल बोकेर जाँदै हुनुहुन्छ ? यदि त्यसो हो भने घरमै मोबाइल छाडेर जाँदा बेस हुन्छ । किनकी मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ ।

निर्वाचन आयोगले आइतबार हुने स्थानीय तह निर्वाचनका सबै मतदान केन्द्रमा मोबाइल फोन निषेध गरेको हो । निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर मतदान केन्द्रमा जान नपाउने निर्वाचन आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले अनलाइनखबरलाई बताए ।

‘मतदान अधिकृतलाई बन्देज गरिएको छैन । अरु सबैलाई बन्देज गरिएको छ,’ अर्यालले भने, ‘मतदान गोप्य हुने भएकाले गोपनियताको लागि यस्तो गरिएको हो ।’

छिनछिनमा सूचना आदान-प्रदान गर्नुपर्ने भएकाले मतदान अधिकृतलाई भने मोबाइल छुट दिइएको भन्दै अर्यालले भने, ‘तर, मतदान अधिकृतले पनि साइलेन्ट मोडमा राख्नुपर्छ ।’

कसैले मतदान गरेको प्रमाण स्वरुप फोटो खिचेर ल्याऊ भन्नसक्ने भएकाले मतदातालाई मोबाइल नै लान नदिने निर्णय गरिएको उनले बताए । मतपत्र लिनुअघि नै मोबाइल साथमा हुन नहुने उनले बताए ।

‘मतदाताहरुले मतदान केन्द्र बाहिरै छाडेर, सुरक्षाकर्मीलाई दिएर वा आफन्तलाई दिएरमात्रै मतपत्र लिनुपर्छ र गोप्य मतदान गर्नुपर्छ,’ अर्यालले भने ।

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?