
३० बैशाख, काठमाडौं । स्थानीय चुनावमा मनकामना केबलकार र चन्द्रागिरि केबलकार बन्द हुने भएका छन् ।
चितवनको कुरिनटारबाट गोर्खाको मनकामना मन्दिरसम्म चल्ने मनकामना केबलकार बैशाख ३१ र जेठ १ गते दुई दिन बन्द हुनेछ । काठमाडौंको चन्द्रागिरि केबलकार भने मतदान हुने दिन बैशाख ३१ गतेमात्रै बन्द हुनेछ ।
चन्द्रागिरि हिल्सले सार्बजनिक सूचना जारी गरी चुनावको दिन सम्पूर्ण सेवा बन्द हुने जानकारी दिएको छ ।
यसैगरी मनकामना दर्शन प्रालिले जेठ २ गतेबाट सेवा सुरु हुने जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4