विश्वको सबैभन्दा दुखी कुकुर अहिले पुनः चर्चामा छ । उसलाई तेश्रो पटक एउटा घर खोजिरहनु परेको छ ।
यो कुकुरको नाम हो लाना । ऊ सन् २०१५ मा पहिलोपटक चर्चामा आएको थियो । क्यानडामा जनावरको उद्धार गर्ने तथा असहाय जनावरलाई पाल्ने संगठनले उक्त कुकुरको तस्वीर सार्वजनिक गरेसँगै सो भाइरल बनेको थियो ।
त्यसपछि लानालाई दुनियाको सबैभन्दा दुखी कुकुर भनियो । लानालाई कुकुरका लागि काम गर्ने एक संस्थाले मेक्सिकोबाट क्यानडा लिएर गयो ।
लानाको नयाँ मालिकले अहिले उसलाई त्यागिदिएपछि लाना असहाय बनेको छ । ऊ तेश्रो पटक कसैले अधिग्रहण गर्नका लागि तयार छ । उसलाई पाल्न चाहनेहरुका लागि २० मे सम्मको डेडलाइन राखेर आवेदन आव्हान गरिएको छ ।
अहिलेसम्म यो कुकुर पाल्नका लागि ५ हजार जनाको आवेदन इमेल मार्फत परिसकेको छ ।
ओन्टारियाको क्याम्ब्रिजमा अवस्थित रेस्क्यू डग्स म्याच नामक संस्थाकी ब्रेन्डा डोबरान्स्की भन्छिन् :हामीले जरुर उसका लागि एक ठाउँ खोज्नेछौँ । तेश्रो पटक यसको खास आकर्षण छ ।
लाना अलिक लजालु छ र मानिससँग खासै घुलमेल हुन चाहँदैन । त्यसैले यसलाई कसैले बिरालो जस्तो व्यहोरा भएको कुकुर भन्छन् । यो कुकुर हेर्दा निकै मायालाग्दो देखिन्छ ।
कुकुर अधिकारको पक्षमा काम गर्ने संस्थाका अनुसार खानेकुराको मामिलामा आफ्नै मालिकलाई टोकेपछि लानालाई उसको मालिकले त्यागेर सडकमा अलपत्र पारेर छाडिदिएका थिए । त्यसपछि उसलाई अर्को मालिकले अपनाए । तर त्यो सम्बन्ध पनि लामो समय टिकेन ।
लानाको उमेर ३ वर्ष पुगिसकेको छ । उसका लागि यस्तो घर खोजिँदैछ जहाँ अन्य जनावर तथा बच्चाबच्ची नहोउन् र घरको वरीपरी बारबन्देज गरिएको होस् ।
लानाको कथालाई ब्रेन्डाको संस्थाले क्यास गरिरहेको छ । यो कुकुरबाट प्रभावित भएर ११ हजार अमेरिकी डलर सहयोग प्राप्त भैसकेको छ । यो रकमलाई अन्य असहाय कुकुरको उद्धार तथा उपचारमै लगाउने ब्रेन्डाको सोँच छ ।
एजेन्सी
प्रतिक्रिया 4