Comments Add Comment

मतदाता भने- हाम्रो मतको सदुपयोग होस्

३१ वैशाख, काठमाडौँ । कामाडाैं महागरपालिका-११ की जानुका तिवारी २० वर्षपछि स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि छान्न पाएकामा खुसी भएकि छन् ।

स्थानीय तह स्थानीय सरकार भएकाले जनप्रतिनिधि चुनिएपछि विकासनिर्माणको काम अघि बढ्ने विश्वास उनको छ ।

बबरमहलस्थित नेपाल टेलिकमको मतदान केन्द्रमा मतदान गरेकि उनले आफूले हालेको मतको सदुपयोग होस् भन्न चाहन्छिन ।

‘यसअघि पनि स्थानीय निकायमा मतदान गरेको थिएँ,’ उनले  भनिन, ‘‘तर त्यति बेला सुदपयोग भएन तर अब भने जननिर्वाचित प्रतिनिधिले जनादेश सदुपयोग गरेर विकास निर्माणमा ध्यान दिनुपर्छ ।’

यस्तै पहिलोपटक स्थानीय निर्वाचनमा मतदान गरेका  बुद्धनगरका राजन बुर्लाकोटी पनि आफूले हालेको मत सदुपयोग हुने होस् भन्न चाहाना राखेको बताए ।

स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने भएकाले जनप्रतिनिधिले यहाँको विकासनिर्माण गर्नुपर्ने बताउँछन । उनले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने परिदृश्यका रुपमा समेत रहेको औल्याउँदै राजनीतिक दलले २० वर्ष नभई प्रत्येक पाँच वर्षमा स्थानीय तहको निर्वाचन गरेर स्थानीय तहको विकास निर्माण गर्नुपर्ने उनले बताए ।

यसैगरी ८५ वर्षीय भक्तबहादुर महर्जन स्थानीय निर्वाचनमा दलभन्दा पनि स्थानीय विकास गर्ने व्यक्तिलाई मतदान गरिएको बताइन । ‘स्थानीय निर्वाचनमा दलभन्दा व्यक्ति हेर्ने हो’, उनले भने, ‘त्यसले टोलको विकास गर्नसक्ने व्यक्तिलाई भोट दिएँ ।’’

उनले यसअघि मतदान गरे पनि जनप्रतिनिधिले भनेजस्तो सदुपयोग गर्न नसकेको भन्दै यस पटक भने आफूले हालेको मत सदुपयोग हुनेमा आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment