Comments Add Comment

ललितपुर र काठमाडौं महानगरपालिकाको मतगणना आजै हुने

भक्तपुरका चारै नगरपालिकामा अाजै गणना हुने

३१ बैशाख, काठमाडौ । मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ ।

जिल्ला निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार भक्तपुरका चारै नगरपालिकामा पनि आजै खमतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने ललितपुरका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जनाए ।

ललितपुर महानगरपालिकाले वडा नम्बर १ बाट मतगणना थाल्ने तयारी भएको छ । प्रमुख निर्वाचन अधिकृत दवाडीले उम्मेदवारहरुले नै आजदेखि मतगणना गर्न चाहेकाले त्यस्तो तयारी गरेको बताए ।

यस्तै भक्तपुर नगरपालिकाले पनि आजैबाट मतगणना गर्ने तयारी रहेको छ । प्रमुख निर्वाचन अधिकृत भोजराज शर्माले सर्वदलिय बैठक राखेर आजैबाट मतगणना गराउन लागेको जानकारी दिए ।

सबै केन्द्रबाट मतपेटिका आएपछि दलहरुको सहमतिमा आजैबाट मतगणना थालिने उनले जानकारी दिए ।

प्रमुख निर्वाचन अधिकृत शर्माले जिल्लाका अन्य ३ नगरपालिकाहरुमा पनि आजै मतगणना गर्ने तयारी गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment