Comments Add Comment

मतदानको समय सकियोः मतदान केन्द्रमा लाइन बसिसकेकाले पाउने

३१ बैशाख, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान अवधि आइतवार साँझ ५ बजे समाप्त भएको छ ।

तर मतदान केन्द्रमा पुगेर लाइनमा बसिसकेकाहरुले भने आफ्नो मत दिन पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदानका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो । अधिकांश मतदान केन्दव्रमा मतदाताहरुको लाइन सकिएको छ । केही स्थानमा भने पानीका कारण छुटेका मतदाता लाइनमा रहेको आयोगले जनाएको छ ।

झडपका कारण स्थगित भएर पुनः मतदान सुचारु भएका मतदान केन्द्रमा भने मतदान जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment