+
+
Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका १ मा नेकपा एमाले विजयी

भरतबन्धु थापा भरतबन्धु थापा
२०७४ जेठ २ गते १५:१४

२ जेठ, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । सूर्यविनायक नगरपालिका १ को वडाध्यक्षमा सानुकाजी कायस्थसहित पूरै प्यानलै विजयी भएको हो ।

कायस्थले १ हजार ६ सय ४७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका भूपेन्द्रराज रावतले ८ सय ४७ मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा एमालेका अम्बिका न्यौपाने र दलित महिला सदस्यमा कल्पना नेपाली विजयी भए । यस्तै, खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठले जित हात पारेका छन् । सूर्यविनायक १ मा ३ हजार ९ सय ३९ मत खसेको थियो ।

जारी मतगणना अनुसार, सूर्यविनायक नगरपालिकाको मेयर पदमा भने  नेकपा एमालेका बासुदेव थापाले १५६३ र उपमेयरमा जुना बस्नेतले १६७२ ल्याई अग्रता कायम गरेका छन् । त्यसपछिको क्रममा नेपाली का‌ंग्रेसका विष्णुराज कार्कीले १३४५ र कल्पाना राजथलाले १०१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अष्ट कवेको १४३५ र उपप्रमुखकी उम्मेदवार अञ्जना मधिकर्मीले १३३२ मत ल्याएकी छिन् । यस्तै, मेयरमा एमालेका मदन सुन्दर श्रेष्टले ९८२ मत ल्याउँदा नेमकिपाको उपमेयर  उम्मेदवारले ६३९ ल्याएका छन् । थिमी नगरमा एमाले र नेमकिपाले तालमेल गरेका छन् ।

लेखक
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?