मंगलबार, २ माघ, २०७४
OnlineKhabar.com

सिन्धुलीको मरिण गाउँपालिकाका सबै पदमा माओवादी विजयी

अनलाइनखबर

२ जेठ, सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका सबै पदमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार पानीराज बम्जन ४ हजार ४ सय ८४ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १ हजार ७ सय ७३ मत पाए ।

गाउँपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकै संगिता माझीको पल्लाभारी भएको छ । उनी ४ हजार २ सय ३३ मत ल्याएर विजयी भइन् । एमालेकी शर्मिलाकुमारी माझीले १ हजार ८४७ मत पाइन् ।

गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुमा पनि माओवादी केन्द्रले एकलौटी जित हात पारेको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय, सिन्धुलीले गाउँपालिकाको सबै पदमा माओवादी केन्द्रले कांग्रेस- एमालेलाई ‘क्लिन स्वीप’ गरेको जानकारी दिएको छ ।

तीन नम्बर प्रदेशअन्तर्गतको स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको यो पहिलो नतिजा हो ।

२०७४ जेठ २ गते १६:३० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु