+
+
Shares

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २ गते १९:२८
गोपिलाल सिङतान र मिङमा लामा

२ जेठ, ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका गोपिलाल सिङतान र उपप्रमुखमा मिङमा लामा बिजयी ।

गोपीलालले १ हजार ७९८ मत पाउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजन घिमिरेले १,७४१ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादीकी मिङमा लामा १ हजार ९३३ मत पाएर बिजयी भएकी छन् ।

काठमाडौं उपत्यकाभित्र माओवादी विजयी भएको यो पहिलो नतिजा हो । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा विजयी भएसँगै माओवादीले जितेका स्थानीय तहको संख्या १० पुगेको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको वडानम्बर १ र ५ मा वडाध्यक्षसहित सबै प्यानल र वडानम्बर २ मा वडाध्यक्ष पदमा माओवादी केन्द्र विजयी भएको छ ।

यसैगरी वडानम्बर ३ र ४ मा नेपाली कांग्रेसको वडाध्यक्षसहित प्यानल र वडा नम्बर २ मा एमालेका ४ जना सदस्य बिजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?