Comments Add Comment

रामेछापको उमाकुण्ड प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसले जित्यो

२ जेठ,रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

अध्यक्षमा एमालेका शेरवहादुर सुनुवार ३१७५ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिक्मत सुुनवारले भने २३१२ मत पाए ।

उपाध्यक्षमा एमालेको उम्मेदवार नभएका कारण नेपाली कांग्रेसकी उमिला कार्की बस्नेतले जितेकी छन् । उनले २३१३ मत पाइन् ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा यसअघि नै एमालेकै शेरवहादुर सुनुवार बिजयी भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment