३ जेठ, लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छुपीमाया गुरुङ निर्वाचित भएकी छन् । माओवादी केन्द्रका सतिमाया तामाङलाई ६ सय ५७ मत अन्तरले हराउँदै गुरुङ विजयी भएकी हुन् ।
छुपिमाया गुरुङले २ हजार ४ सय १३ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सतिमायाले १ हजार ७ सय ५६ मत ल्याएकी छिन् ।
गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै कमलप्रसाद धिताल विजयी भएका छन् । उनले २ हजार ३ सय ७३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादुर गुरुङले १ हजार ९ सय २३ मत पाएका छन् ।
कांग्रेसले लमजुङको मध्यनेपालमा पनि विजय हासिल गरेको छ । लमजुङमा एमाले र माओवादी केन्द्रले तालमेल गरी चुनाव लडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4