३ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनमा अहिलेसम्म कुनै पनि गाउँ र नगरमा जित्न नसकेको चौथो ठूलो दल राप्रपाले धादिङमा जितको खाता खोलेको छ । धादिङको रुबीभ्याली गाउँपालिकामा राप्रपाले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजय हासिल गरेको छ ।
अनलाइनखबरकर्मी सरिता श्रेष्ठका अनुसार, रुबीभ्यालीमा राप्रपाका पेरुङ तामाङ १४८४ मतका साथ बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका रामसिंह तामाङले ९५३ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा राप्रपाकै मीना तामाङ १४०९ मतका साथ विजयी भएकी छन् भने माओवादीकी अमृता तामाङ ९ सय ७२ मत ल्याएर पराजित भइन् । राप्रपाले अहिलेसम्म गाउँपालिका जितेको रुबीभ्याली मात्र हो ।
यसैबीच नयाँ शक्तिले पनि स्थानीय तहको चुनावमा खाता खोलेको छ । नयाँ शक्तिका बुर्चङ तामाङ रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4