+
+
Shares

रङ्ग चौतारी बुटक्याम्पमार्फत युवा बहस र नाट्य प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते ७:२९

३ भदौ, काठमाडौं । रङ्ग चौतारी बुुटक्याम्प मार्फत युवाहरूलाई राष्ट्रिय बहस तथा नाट्य प्रशिक्षण प्रदान गरिएको छ । डिबेट नेटवर्क नेपाल (डीएनएन)को आयोजना र युरोपियन युनियनको सहयोगमा उक्त प्रशिक्षण दिइएको हो ।

चार दिनसम्म सञ्चालित उक्त बुटक्याम्प भक्तपुरमा आयोजना गरिएको थियो । पाँच प्रदेशबाट सहभागी १५ जना युवाहरूलाई बहस, कथा वाचन, नाटक तथा समावेशी नागरिक सहभागिता बारे प्रशिक्षण दिइएको डिबेट नेटवर्क नेपालका प्रबन्ध निर्देशक पीयूष पन्तले जानकारी दिए ।

सोमबार सम्पन्न भएको राष्ट्रिय बहस तथा नाट्य बुटक्याम्प ‘रङ्ग चौतारी’ बुटक्याम्प मार्फत युवाहरूलाई व्यावहारिक ज्ञान, सीप तथा मेन्टरिङमार्फत सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रबन्ध निर्देशक पन्तले बताए ।

‘बहस र नाटक बोल्ने वा प्रस्तुति दिने मात्र माध्यम मात्र नभई समाजलाई बुझ्ने, अन्यायविरुद्ध प्रश्न गर्ने र सामूहिकतामा काम गर्ने माध्यम पनि हो’ उनले भने, ‘यस बुटक्याम्पमा सिकेका कुराहरू सहभागीहरुले आ–आफ्नो प्रदेशमा गएर सिकाउने छन् ।’

उक्त बुटक्याम्पमा कर्णाली, सुदूरपश्चिम, मधेश, बागमती र कोसी प्रदेशका युवाहरू सहभागी भएका थिए । प्रबन्ध निर्देशक पन्तका अनुसार रङ्ग परियोजना अन्तर्गत कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा तीन–तीन वटा बहस तथा नाटक क्लब गठन गरिएको छ । सोही क्लबका सदस्यहरू र विभिन्न क्षेत्रमा सक्रिय युवाहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षक प्रशिक्षणका रूपमा डिजाइन गरिएको उक्त बुटक्याम्पले सहभागीहरूलाई आआफ्ना प्रदेशमा युवा सहजकर्ताका रूपमा काम गर्ने अवसर समेत प्रदान गर्ने छ । डीएनएनले आगामी दिनमा पनि सहभागीहरूलाई बहस तथा नाटक क्लबका गतिविधिमार्फत जोड्ने डीएनएनकी राष्ट्रिय संयोजक दीक्षा नकर्मीले जानकारी दिइन् ।

उनका अनुसार युवाहरूले आफ्ना समुदायमा संवाद, कथा वाचन, आलोचनात्मक सोच तथा युवा सहभागिताका लागि अवसर सिर्जना गर्न सहयोग गर्नेछ । ‘रङ्ग चौतारीले विभिन्न प्रदेशका युवाहरूलाई सिक्न, आत्म चिन्तन गर्न र आफ्ना समुदायमा नेतृत्व गर्न आवश्यक ज्ञान र सिप प्रदान गरेको छ’, उनले भनिन्, ‘उनीहरू युवा प्रशिक्षकका रूपमा आफ्नो समुदायमा फर्किंदै गर्दा, थप समावेशी संवाद, सिकाइ र नागरिक सहभागिताका अवसर सिर्जना गर्नेछन् । हामी उनीहरूलाई निरन्तर सहयोग गर्ने छौं ।’

चार दिने बुटक्याम्पमा सहभागीहरूले तर्क निर्माण, आलोचनात्मक विश्लेषण, अनुसन्धान, पाठ्य योजना निर्माण, शिक्षण शैली, स्टोरी टेलिग, छोटा नाटकका स्क्रिप्ट निर्माण सम्बन्ध सत्रहरू लिएका थिए ।

मण्डला थिएटर नेपालले प्राविधिक सहयोग रहेको नाटक तथा कथा वाचनसम्बन्धी सत्रमा सहभागीहरूले कथा वाचन, स्क्रिप्ट लेखन र प्रस्तुतिलाई सिर्जनात्मक अभिव्यक्ति, जनचेतना अभिवृद्धि तथा नागरिक सहभागिताका प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्ने अभ्यास गरेका थिए ।

बुट क्याम्पमा क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक इसान रेग्मीले अन्तर लिङ्गी पैरवीसम्बन्धी सत्र सञ्चालन गरेका थिए । उक्त सत्रमा सहभागीहरूले नेपालको सन्दर्भमा अन्तर लिङ्गी व्यक्तिका अधिकार, नीतिगत व्यवस्था, सामाजिक चुनौती र समावेशिताका बारेमा जानकारी लिएका थिए ।

बुटक्याम्पले आफूहरूको आलोचनात्मक सोच र पैरवी सम्बन्धी सीपलाई अझ बलियो बनाएको जनकपुरधाम पब्लिक क्लबकी अध्यक्ष सृष्टिकुमारी चौधरीले बताइन् । ‘म बहस तथा नाटक मार्फत जनकपुर

धामका थप युवाहरूलाई आफ्ना कुरा राख्न, सार्वजनिक मुद्दामा संलग्न हुन र सकारात्मक परिवर्तनमा योगदान गर्न प्रेरित गर्ने छु’, उनले भनिन् ।

रङ्ग परियोजना मार्फत डीएनएनले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारी प्रतिनिधि, संस्थाहरू, विश्वविद्यालय, युवा सञ्जाल तथा युवाहरूसँग सहकार्य गर्दै आएको छ । परियोजनाले संवाद, नागरिक

सिकाइ र सिर्जनात्मक पैरवीका लागि रचनात्मक अवसरहरू सिर्जना गर्दै अर्थ पूर्ण युवा सहभागितालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको राष्ट्रिय संयोजक नकर्मीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?