Comments Add Comment

देवचुली नगरपालिकामा नेपाली कांग्रेस विजयी


३ जेठ, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा मेयर पदमा कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका पूर्णप्रसाद श्रेष्ठले ८ हजार पाँच सय ७९ मत प्राप्त गर्नुभएको थियो देवचुली नगरपालिकाका मेयर पदमा विजयी भएका छन् ।

यहां नेकपा एमालेका हरिप्रसाद न्यौपानेले मेयरमा ८ हजार ५ सय १० मत प्राप्त गरेका थिए । श्रेष्ठ न्यौपाने भन्दा ६९ मत अन्तरले विजयी हुनुभएको हो । उनी नेकपा क्रान्तिकारी माओवादीबाट केही महिना अगाडि एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेका पार्वती तिवारीले ८५१० मतका साथ विजयी भएका छन् । नेपाली कांग्रेसका उपमेयर लक्ष्मी बस्ताकोटीले ८३९२ मत प्राप्त गरेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रबाट मेयरमा सत्यनारायण भुसाल र उपमेयरमा प्रेमा खनाल चुनावी मैदानमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment