Comments Add Comment

दोलखाको गौरीशंकरमा एमाले र बिगुमा कांग्रेस-माओवादी गठबन्धन बिजयी

 

४ जेठ, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले बिजय हासिल गरेको छ । बिहीबार सम्पन्न भएको मतगणनामा एमालेका सोयमबहादुर खड्का ४ हजार २४९ मत प्राप्त गरी बिजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका निमा लामाले ३ हजार ४४० मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकै उर्मीला थामी ४ हजार २४६ मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलमविक्रम खड्काले ३हजार ३२४ मत प्राप्त गरे । गाउँपालिकामा ६ वडा एमालेले, २ कांग्रेस र एउटा वडा माओवादीले जितेका छन् ।

उता दोलखाकै बिगु गाउँपालिकामा भने कांग्रेस-माओवादी गठबन्धनले जित हासिल गरेको छ । अध्यक्षमा नेपाली कांग्रेसका युधिष्टिर खड्का ४ हजार २३ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी सुन्दर लामिछाने विश्वकर्माले २ हजार ५८६ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका सन्जिव ओली ३ हजार २३० मत प्राप्त गरी बिजयी भएका छन् । एमालेकी गोपा केसीले २ हजार ७९९ मत प्राप्त गरेकी छन् । माओवादीले ४, एमालेले १ र कांग्रेसले २ ओटा वडा जितेका छन् ।

दोलखाको जिरीमा यसअघि नै एमालेका मेयर टंक जिरेल र उपमेयर कृष्णमाया बुढाथोकी बिजयी भएका छन् ।

चुनावको दिन बुथ कब्जा गर्ने क्रममा गोली चलेर कांग्रेसका एक कार्यकर्ताको पवटीमा मृत्यु भएपछि मेलुङ गाउँपालिकाको गणना भएको छैन । त्यहाँ पुनःमतदान हुदैछ ।

बैत्यश्वर गाउँपालिकामा कांग्रेस-माओवादी गठबन्धनले बिजय हासिल गरिसकेको छ । हाल गणना भइरहेका भिमेश्वर नगरपालिका, तामाकोशी गाउँपालिका र कालिन्चोक गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

तामाकोशी गाउँपालिकाका जफे र झुलेका ३ बुथ कब्जा गरेको र उम्मेदवारको ज्यान मार्ने प्रयास भएको भन्दै एमालेका उम्मेदवार इश्वरचन्द्र पोखरेललगायतले मतदानस्थल छाडेर हिडेका थिए । तर पनि पोखरेल नै जितको नजिक पुगेका छन् । कांग्रेसले कब्जा गरेको भनिएको बुथमा समेत एमालेको पक्षमा बढी मत आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment