Comments Add Comment

कांग्रेसको निश्कर्षः चुनावमा सोचेजस्तो भएन, दोस्रो चरणमा प्रभावकारी हुन्छ (भिडियोसहित)

अब प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्छन्ः महामन्त्री शशांक

कांग्रेस महामन्त्री डा. शशांक कोइराला

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय चुनावमा परिणाम आफ्नो पक्षमा पार्न प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ । पहिलो चरणको चुनावमा अपेक्षा गरिएजस्तो परिणाम नआएको कांग्रेसले निष्कर्ष निकालेको छ ।

चुनावको समीक्षा गर्दै आगामी रणनीति तय गर्न बिहीबार बिहान कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले भने, ‘अहिलेको परिणामको समीक्षा गर्‍यौं र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले हामीले प्रस्तुत हुनुपर्छ भन्ने कुराहरु भयो ।’

कोइरालाले पत्रकारहरुसँग भने, ‘अहिले मिश्रति चुनावी नतिजा छ । कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा नेपाली कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भा’को छैन जस्तो देखिन्छ । यद्यपि अन्तिम परिणाम आउन बाँकी छ ।’

महामन्त्री कोइरालाका अनुसार संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने कोइरालाले जानकारी दिए ।

भिडियो हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment