Comments Add Comment

प्रदेश नं. ६ मा एमाले र माओवादीमध्ये को बन्दैछ पहिलो ?

नेपाली कांग्रेस तेस्रोमा, एमाले र माओवादीवीच रस्साकस्सी

४ जेठ, काठमाडौं । वैशाख ३१ गते सम्पन्न स्थानीय तह चुनावको नतिजा आउने क्रम जारी छ । नतिजा आउने क्रम जारी भएसँगै प्रदेश नं. ३, ४ र ६ मा भएको पहिलो चरणको चुनावमा कुन प्रदेशमा कुन पार्टी पहिलो बन्दै छ भन्ने उत्सुकता छ ।

चुनाव भएका प्रदेशमध्ये सबैभन्दा कम स्थानीय तह भएको प्रदेश नं. ६ मा ७९ वटा स्थानीय तह छन् । यीमध्ये ६५ तहको अन्तिम मत परिणाम आइसकेको छ ।

६५ तहको मत परिणाम अनुसार एमाले र माओवादी केन्द्रबीच प्रदेश नं. ६ मा पहिलो बन्ने प्रतिस्पर्धा छ ।

पछिल्लो परिणामअनुसार एमाले १० नगरपालिकासहित २४ स्थानीय तहमा जित हात पारेर अहिलेसम्म पहिलो नम्बरमा उक्लिएको छ ।

माओवादी केन्द्रले ५ नगरपालिकासहित २३ स्थानमा जित हात पारेको छ । कांग्रेस भने पहिलो हुने प्रतिस्पर्धाबाट करिब आउट भएको जस्तो देखिएको छ । कांग्रेसले यो प्रदेशमा ३ नगरपालिका सहित १८ तहमा जित हात पारेको छ ।

यो प्रदेशका २ वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । बाँकी १२ स्थानीय तहमध्ये ३ वटामा विभिन्न कारणले चुनाव हुन बाँकी छ । अन्य ९ तहको मत गणना जारी छ ।

जारी मतगणना अनुसार एमालेले सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अग्रता लिएको छ । यहाँ जितेको खण्डमा एमालेको पोल्टामा २६ तह पर्ने छन् । र ऊ यो प्रदेशमा पहिलो दल बन्ने सम्भावना बलियो बन्ने छ ।

माओवादी केन्द्रले सल्यानको कुमाखमालिका गाउँपालिका र जाजरकोटको त्रिवेणी नलगाडमा अग्रता लिएको छ । यी तह जितेमा माओवादीको पोल्टामा २५ तह पर्नेछन् ।

यस्तै कांग्रेसले सल्यानको शारदा नगरपालिका, सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा अग्रता लिएको छ । यी सबै तहमा जिते कांग्रेसका भागमा २१ तह पर्ने छन् ।

यसअनुसार २६ एमाले, २५ माओवादी र २१ कांग्रेस हुन सक्छ । यस अनुसार एमाले पहिलो पार्टी बन्न सक्छ ।

तर, कालिकोटको कालिका, नरहरीनाथ गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकामा चुनाव हुनै बाँकी छ ।

मुगु जिल्लाको सोरु गाउँपालिका र कालिकोटको महावै गाउँपालिकामा मतगणना जारी भए पनि कसको अग्रता छ भन्ने थाहा हुन सकेको छैन । तसर्थ प्रदेश नं. ६ मा एमाले वा माओवादीमध्ये कुन पार्टी ठूलो बन्छ, अहिल्यै भन्न सकिन्न ।

यी ३ गाउँपालिका र मत गणना जारी भएका तर मत परिणाम प्राप्त भइनसकेका २ स्थानीय तहमा बाजी मार्ने दल नै यो प्रदेशको पहिलो दल बन्ने निश्चित छ ।

प्रदेश नं. ६ मा एमाले विजयी भएका स्थानीय तह

१. कपुरकोट गाउँपालिका, सल्यान
२. कालिमाटी गाउँपालिका, सल्यान
३. ढोरचौर गाउँपालिका, सल्यान
४. लेकबेसी नगरपालिका, सुर्खेत
५. सिम्ता गाउँपालिका, सुर्खेत
६. छेडागाड नगरपालिका, जाजरकोट
७. भेरी नगरपालिका, जाजरकोट
८. शिवालय गाउँपालिका, जाजरकोट
९. तिला गाउँपालिका, जुम्ला
१०. खाँडाचक्र नगरपालिका, कालिकोट
११. काइके गाउँपालिका, डोल्पा
१२. ठुलीभेरी नगरपालिका, डोल्पा
१३. त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा
१४. शे-फोक्सुण्डो गाउँपालिका, डोल्पा
१५. खत्याड गाउँपालिका, मुगु
१६. नारायण नगरपालिका, दैलेख
१७. चामुण्डा-विन्द्रासैनी नगरपालिका, दैलेख
१८. आठबीस नगरपालिका, दैलेख
१९. भगवतीमाई गाउँपालिका, दैलेख
२०. महाबु गाउँपालिका, दैलेख
२१. भैरवी गाउँपालिका, दैलेख
२२. ठाँटिकाँध गाउँपालिका, दैलेख
२३. अदानचुली गाउँपालिका, हुम्ला
२४. बनगाड कुपिण्डे नगरपालिका, सल्यान

प्रदेश नं. ६ मा माओवादी केन्द्र विजयी भएका स्थानीय तह

१. मुसिकोट नगरपालिका, रुकुम
२. चौरजहारी नगरपालिका, रुकुम
३.आठबीसकोट नगरपालिका, रुकुम
४. त्रिवेणी गाउँपालिका, रुकुम
५. बाफिकोट गाउँपालिका, रुकुम
६. सानीभेरी गाउँपालिका, रुकुम
७. बागचौर नगरपालिका, सल्यान
८. दार्मा गाउँपालिका, सल्यान
९. जुनीचाँदे गाउँपालिका, जाजरकोट
१०. गठिचौर गाउँपालिका, जुम्ला
११. तातोपानी गाउँपालिका, जुम्ला
१२. हिमा गाउँपालिका, जुम्ला
१३. जगदुल्ला गाउँपालिका, डोल्पा
१४. मुड्केचुला गाउँपालिका, डोल्पा
१५. नाम्खा गाउँपालिका, हुम्ला
१६. चंखेली गाउँपालिका, हुम्ला
१७‍‍. सर्केकाँडा गाउँपालिका, हुम्ला
१८. ताजकोट गाउँपालिका, हुम्ला
१९. तिलागुफा नगरपालिका, कालिकोट
२०‍. राष्कोट नगरपालिका, कालिकोट
२१. पचालझरना गाउँपालिका, कालिकोट
२२. पलाता गाउँपालिका, कालिकोट
२३‍. सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट

प्रदेश नं. ६ मा नेपाली कांग्रेस विजयी भएका स्थानीय तह

१. छत्रेश्वरी गाउँपालिका, सल्यान
२. त्रिवेणी गाउँपालिका, सल्यान
३. चिङगाड गाउँपालिका
४. बराहताल गाउँपालिका
५. कुशे गाउँपालिका, जाजरकोट,
६. बारेकोट गाउँपालिका, जाजरकोट
७. कनकासुन्दरी गाउँपालिका, जुम्ला
८. चन्दनाथ नगरपालिका, जुम्ला
९. सिंजा गाउँपालिका, जुम्ला
१०. पातारासी गाउँपालिका, जुम्ला
११. मुगुमकार्रारोंग गाउँपालिका, मुगु
१२. छाँयानाथ रारा नगरपालिका, मुगु
१३. दुल्लु नगरपालिका, दैलेख,
१४. गुराँस गाउँपालिका, दैलेख
१५. डुङ्गेश्वर गाउँपालिका, दैलेख
१६. नौमुले गाउँपालिका, दैलेख
१७. सिमकोट गाउँपालिका, हुम्ला
१८. गुर्भाकोट नगरपालिका, सुर्खेत

कांग्रेसले अग्रता लिएका स्थान

१. शारदा नगरपालिका, सल्यान
२. वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
३. भेरीगंगा नगरपालिका, सुर्खेत

एमालेले अग्रता लिएका स्थान

१. पञ्चपुरी नगरपालिका, सुर्खेत
२. चौकुने गाउँपालिका, सुर्खेत

माओवादी केन्द्रले अग्रता लिएका स्थान

१. त्रिवेणी नलगाड नगरपालिका, जाजरकोट
२. कुमाखमालिका गाउँपालिका, सल्यान

मत गणना जारी तर, परिणाम थाहा नभएका स्थान

१. सोरु गाउँपालिका, मुगु
२. महावै गाउँपालिका, कालिकोट

चुनाव हुन बाँकी स्थानीय तह

१. कालिका गाउँपालिका, कालिकोट
२. नरहरीनाथ गाउँपालिका, कालिकोट
३. खार्पुनाथ गाउँपालिका, हुम्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment