आइतबार, ८ असोज, २०७४
OnlineKhabar.com

भरतपुर महानगर: रेणुले यसरी दिन थालिन् टक्कर

सुवास पण्डित

५ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालका वीच तीब्र प्रतिस्पर्धा सुरु भएको छ । शुरुवाती लिड गरेका ज्ञवाली वडा नम्बर ६ मा पुग्दा कमजोर देखिएका छन् भने रेणु दाहालले आफ्नो अवस्थामा सुधार गरेकी छिन् ।

महानगरको वडा नम्बर ५ मा प्रवेश गर्दा देवी ज्ञवालीले ७ हजार ३४७ मत ल्याएका थिए भने रेणुले ५ हजार ७३४ मत मात्रै पाएकी थिइन् । त्यस्तै वडा नम्बर ४ बाट ५ मा जाँदा ज्ञवाली र दाहालको मतान्तर १ हजार ६१३ थियो ।

वडा नम्वर ५ कांग्रेसको बलियो प्रभाव भएको क्षेत्र हो । तर, यो वडामा एमाले वडाध्यक्षका उम्मेदवार पदमपाणि सुवेदीले ९३ मतान्तरले कांग्रेसका उम्मेदवार भक्ति तिमिल्सिनालाई हराए । यो वडामा सुवेदीले आफुले मात्रै जितेनन्, ज्ञवालीलाई १ हजार ६१३ को अग्रतामा १६६ मत थपेर पठाइदिए ।

महानगरको वडा नम्बर ६ पनि कांग्रेस र माओवादीको बलियो प्रभाव क्षेत्र हो । यो वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार हरीबिलास कोइरालाले २ हजार ३१९ मत पाए । माओवादी केन्द्रका भागिरथ तिमिल्सिनाले १ हजार ४८० मत प्राप्त गरे । यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार बेदप्रसाद लामिछानेले ९०४ मत मात्रै पाए ।

यो वडाको गणितलाई हेर्दा एमाले वडाध्यक्ष उम्मेदवार लामिछाने भन्दा मेयरका उम्मेदवार ज्ञवालीले ५८४ मत बढी प्राप्त गरेका छन् । वडा नम्बर ६ बाट ज्ञवालीले १ हजार ४८८ मत थपे ।

वडा नम्बर ६ बाट रेणुले २ हजार ४५४ मत थपिन् । माओवादीले ल्याएको मतभन्दा रेणुले यहाँबाट ९९४ कांग्रेसको मत आफ्नो पक्षमा पारिन् ।

वडा नम्बर ६ पार हुँदासम्म देवी र रेणुको अग्रतान्तर ९७६ मा कमी आयो । यहाँबाट देवीले ७९३ मतको मात्रै अग्रता कायम गरे ।
वडा नम्बर ६ बाट कांग्रेसको ४२ प्रतिशत मत रेणुले पाएको देखिन्छ । ६ हजार ८०४ मतदाता रहेको यस वडामा ५ हजार १६५ मत खसेको थियो । रेणुलाई माथि उकास्न सहयोग गरेकोमा माओवादी वडाध्यक्ष उम्मेदवार भागिरथ तिमिल्सिनाले नेताहरुको वधाइ समेत खाएका छन् ।

एमालेले चुनौतीका रुपमा लिएको वडा नम्बर ६ पार गरेर वडा नम्बर ७ मा प्रवेश गर्दा देवीको मत १० हजार ६९० र रेणुको मत ९८९७ थियो ।

वडा नम्बर ७ मा एमालेका देवीले १ हजार २३६ मत ल्याउँदा माओवादीकी रेणुले १ हजार ८८० मत थपिन् ।

वडा नम्बर ७ मा माओवादी केन्द्रका उम्मेदवार शिव भट्टराई ८५० मत ल्याएर तेस्रो भएका छन् । दोस्रो भएका कांग्रेसका उम्मेदवार श्याम लामिछानले १ हजार ४८० मत ल्याए । यस वडाबाट कांग्रेसको १ हजार ३० मत माओवादीलाई गएको देखिन्छ । यहाँबाट कांग्रेसको झण्डै ७० प्रतिशत मत माओवादीकी रेणु दाहालले पाएको देखिन्छ । र, यही कारणले एमालेका देवीको अग्रता ७९३ बाट घटेर ५२९ कायम भयो ।

वडा नम्बर ७ मा एमाले उम्मेदवार राजेन्द्रमणि काफ्ले १ हजार ४९४ मत ल्याएर जित्दा देवीले एमालेभन्दा बाहिरको १२२ मत मात्रै अत्तिरिक्त प्राप्त गरे । जुन मत एमालेले अपेक्षा गरेको भन्दा धेरै कम हो ।

वडा नम्वर ७ बाट माओवादी उम्मेदवार रेणु दाहाललाई सन्तोषजनक मत आएको छ ।

अहिले वडा नम्बर ८ को गणना जारी छ । यहाँ कांग्रेस र एमालेकै बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसको अपेक्षाकृत मत वडा नम्बर ७ मा नआएजस्तै वडा नम्बर ८ मा पनि नआए एमालेलाई समस्या हुने देखिन्छ ।

२०७४ जेठ ५ गते १२:५९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

९ प्रतिकृयाहरू प्राप्त
  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते ११:३७

    रेणुले यसरी दिन थालिन् टक्कर
    टक्कर kasle diyeko Renu le ki Devi le? Renu ta Maobadi ra Congress dubai ko candidate hoina ra? Malai lagxa, Bharatpur ma single UML le Congress ra Maobadi lai टक्कर diye raheko chha.

    161
    25
    Share

  • mao लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १३:५२

    mao ra congress haru raja le jastai kendra bat sasan garna chahanchan uniharu jantalai kathputali thaneka chan herau chitawan ka janta aphulai kun series ma rakchan.

    0
    0
    Share

  • suva acharya लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १३:५८

    ke huna layeko yo desma? jaga janta jaga

    0
    0
    Share

  • Dipendra Yadav लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:३२

    Baau lai Sambhidhan Sabha ko election ma jabarjasti jitaaye jasto aile chori lai jitaauna thalechan ki kya ho ?

    1
    0
    Share

  • sushil लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:१४

    धान्धली को गन्ध आउँदै छ , हामी सबै नेपाली ले नजिक बाट नियलिरहेका छौ

    1
    0
    Share

  • Hemchandra लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:३२

    jasari hunxa Renu dahal lae jitaunus sampurna congress sathi haru jay Nepal

    0
    1
    Share

  • Sundar लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:३३

    2 jana party milda pani aghai UMALE nai jitcha ra jitnu pani parcha . Pohkara mahanagar palika mapani ra bharatpura nagarpalika ma pani .

    1
    0
    Share

  • Rudra Nath Ghimire लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते ८:०२

    Avas Gi le vaneko sarasar Sahiho. Yeslai takkar vanidaina. UML one man army ho. at Last Devi G le harepani Jitepani Swaviman ko Jit hat hune xa

    0
    0
    Share

  • kamal kc लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १४:२५

    uml le nai jitnu parxa kin ki
    gathbandan vaneko kayar le matra garx

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this