Comments Add Comment

बाग्लुङको परिणाम: कांग्रेस र एमाले ४/४, माओवादी र राजमो १/१ स्थानमा विजयी

बाग्लुङ नगरपालिकाको मेयरमा निर्वाचित जनक पौडेल (बायाँ) र उपमेयर सुरेन्द्र खड्का

५ जेठ, बाग्लुङ । बाग्लुङको ४ नगरपालिका र ६ गाउँपालिकाको निर्वाचनमा मिश्रित परिणाम आएको छ ।

अन्तिम मतपरिणाम अनुसार जिल्लाको १० स्थानीय तहमध्ये नेपाली कांग्रेस र नेकपा एमाले समान ४/४ स्थानमा तथा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा १/१ स्थानमा विजयी भएका छन् ।

कांग्रेसबाट जित्नेमा गल्कोट नगरपालिका प्रमुखमा भरत शर्मा गैरे, जैमनी नगरपालिकामा इन्द्रराज पौडेल, तमान खोला गाउँपालिकामा जोकलाल बुढा र निसीखोला गाउँपालिकामा तारानाथ पौडेल रहेका छन् ।

एमालेबाट बाग्लुङ नगरपालिकाको मेयरमा जनक पौडेल, ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली, काठेखोला गाउँपालिकामा अम्मरबहादुर थापा र बडिगाड गाउँपालिकामा मेयरसिंह पाइजा विजयी भएका छन् ।

ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका प्रकाश घर्ती र बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्माले विजय हासिल गरेका छन् ।

बाग्लुङ नगरपालिकामा एमाले, राजमो र राप्रपाबीच चुनावी तालमेल भएको थियो भने कांग्रेसले एक्लै मैदानमा उत्रिएको थियो । माओवादी केन्द्रले भने उम्मेदवारी फिर्ता लिएको थियो ।

बाग्लुङमा १ लाख ५६ हजार ८ सय २ जना मतदाता रहेकोमा निर्वाचनमा १ लाख ७ हजार ८ सय ७० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment