Comments Add Comment

सिरहामा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक घाइते

७ जेठ, सिरहा । जिल्लाको भगवानपुर गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

राति १० बजेतिर स१त २९७३ नंको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ निवासी १७ वर्षीय अमर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ कै १६ वर्षीय शिवनारायण मण्डल गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका शिवनारायण र अमरलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै अमरको मृत्यु भएको इप्रका, लहानले जनाएको छ । घाइते शिवनारायणको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment