+
+
Shares

स्वरोजगार लघुवित्तको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ७ गते ११:०२

७ जेठ, काठमाडौं । स्वरोजगार लघुवित्त बिकास बैंकको २ बराबर १ अनुपातको  हकप्रद सेयरलाई धितोपत्र बोर्डले स्वीकृती दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीको  हकप्रदले इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ पाएको छ । समग्र वित्तीय अवस्थाको आधारमा कम्पनीको ५० प्रतिशत हकप्रदलाई दिइएको यो रेटिङले आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको देखाउछ ।

सकारात्मक पक्ष

ग्राहक आधारमा २३ प्रतिशत बार्षिक वृद्धि

पुँजी आधार सानो भएपनि सन् २०१४ देखि २०१६ सम्म कर्जामा समष्ठिगत बार्षिक ४४ प्रतिशत वृद्धि

सम्पत्तीको गुणस्तर सहज अवस्थामा (ग्राहकले दिन बाँकी कर्जा भुक्तानी ०.४७ प्रतिशत)

स्वस्थ मुनाफादर (नेटवर्थमा प्रतिफल ३५ प्रतिशत र सम्पत्तीमा प्रतिफल ४ प्रतिशत)

पर्याप्त पुँजीकरण (जोखिम भारित सम्पत्ती ११.७६ प्रतिशत)

नकारात्मक पक्ष

विपन्न वर्ग कर्जामा भएको नीतिगत व्यवस्थाले पुँजी स्रोत गुम्ने अवस्था

हालै स्प्रेड दरले मुनाफा दरमा प्रभाव पार्न सक्ने

कर्जाको व्याजदरमा लागेको सीमाको प्रभाव (१८ प्रतिशत बढि हुन नहुने व्यवस्था)

उच्च सञ्चालन लागत (६.५ प्रतिशत एभरेज म्यानेज्ड एडभान्स)

उच्च पुँजी लागत (७ प्रतिशत)

अन्य जानकारी

१० जिल्लामा २९ शाखा

प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडा

सेयर स्वामित्व संरचना ५१ : ४९ हुँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?