Comments Add Comment

प्रेस काउन्सील अध्यक्ष भवानी बरालले कार्यभार सम्हाले

प्रेस काउन्सील नेपालका अध्यक्ष भवानी प्रसाद बराल । तस्वीर: महेन्द्रराज सिंह

७ जेठ, काठमाडौं । प्रेस काउन्सील नेपालका अध्यक्ष भवानी प्रसाद बरालले आज कार्यभार सम्हालेका छन् ।

सरकारले उनलाई जेठ ४ गते प्रेस काउन्सीलको अध्यक्षमा नियुक्त गरेको थियो ।

आइतबार पद तथा गोपनियताको सपथपछि कार्यभार सम्हाल्दै बरालले बिगतको समिक्षा गरी स्वस्थ, मर्यादित र जवाफदेही पत्रकारिताको बिकासका लागि काम गर्ने बताए । उनले भने, ‘म आजदेखि सबैको साझा भएँ, सबैको साथ र सल्लाहमा अघि बढ्नेछु ।’

उनले आफू आवद्ध विजयपुर साप्ताहिक पत्रिकाबाट राजीनामा दिइसकेको जानकारी पनि दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विस्ट, प्रेस काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछाने, पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीलगायतले बराललाई फूलमाला र खादा लगाइदिएर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment